नक्कली सुन देखाएर बैंकको ४ करोड ठगी गर्ने टेकनाथ हयात होटलबाट पक्राउ

काठमाडौं। नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड ठगी भएको खुलासा भएको छ।

साहले नक्कली सुन धितो राखेर नेपाल बैंकबाट ४ करोड १४ लाख ८४ हजार ऋण लिई फरार भएका थिए।

ठगी गर्ने सप्तरी घर भई काठमाडौं बस्दै आएका टेकनाथ साहलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। साह गत सोमबार हयात होटलबाट पक्राउ परेका हुन् ।

साहले वैंक ठगी मात्र नभएर वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग एक करोड ठगी गरेको प्रहरीले जनाएको छ।