वडाध्यक्षमाथि त्रिशुल प्रहार

काठमाडौं । दाङमा वडाध्यक्षमाथि त्रिशुल प्रहार भएको छ।

राजपुर गाउँपालिका-५ का वडाध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार एक युवकले कार्यकक्षमै त्रिशुल प्रहार गरेका हुन्।

त्रिशुल प्रहारबाट वडाध्यक्ष विष्ट घाइते भएका छन्। उनको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडाध्यक्ष विष्टको दाहिने कोखामा त्रिशुल प्रहार भएको हो।

उनीमाथि त्रिशुल प्रहार गर्ने विजय नेपालीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।