नेपाल इको प्यानल बुद्धिचालमा फुँयाल भए प्रथम 

भक्तपुर । नेपाल इको प्यानल गोपाल खागी स्मृति फिडे रेटिङ व्रिट्ज चेस प्रतियोगितामा आशिश फुँयाल प्रथम हुन भएका छन् ।

गणतन्त्र दिवसको अवसरमा भक्तपुरमा भएको प्रतियोगितामा बद्रीलाल नेपाली काठमाडौं द्धितीय र धिरेन राई काठमाडौं तृतीय भएका हुन् ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयसहित विभिन्न विधामा सर्वोत्कृष्ट १८ जनालाई नगद, ट्रफीसहित प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोश्रोलाई चार हजार, तेश्रोलाई तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । साथै यी तीनसहित कुल १८ जना विभिन्न समूहलाई गरी कुल ३० हजार नगद बराबरको पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रायोजक नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सिइओ इन्जिनियर कृष्णभक्त दुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।