काठमाडौं। आईसीसी टी-२० विश्वकपअन्तर्गत पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल पराजित भएको हो ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडासँग नेपाल ६३ रन अन्तरले पराजित भएको हो ।
अब विश्वकप अघि नेपालले दोस्रो वार्म-अप खेल मे-३० मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।