जंगली च्याउ खाँदा एकै परिवारका पाँच बिरामी

तनहुँ। तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् ।

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिल बहादुर गुरुङले जंगलबाट ल्याएको च्याउ खाँदा परिवारका पाँच जना बिरामी भएका हुन्।

बिरामी हुनेमा गुरुङसहित मधु गुरुङ, रणबहादुर गुरुङ, द्रोणपती गुरुङ र पम्फी गुरुङ छन्।

उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।