बैंकिङ कसुर मुद्दामा फरार एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका–४ घर भएर कलंकी बस्दै आएका किरन सिंह साउद छन् ।
३२ वर्षीय साउदलाई कालिमाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । हरिष भाटको जाहेरीले १२ लाख बिगो भएको मुद्दामा उनीविरुद्ध कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
उनलाई थप अनुसन्धान र कारबाहीको लागि अपराध अनुसन्धान कार्यालयले कञ्चनपुर पठाएको छ ।