दक्षिण भारतको केरला राज्यमा भीषण वर्षापछि पहिरो जाँदा कम्तीमा ९३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पहिरोमा दर्जनौँ मानिस फसेकोआशङ्का गरिएको छ।
केरलाको विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो।
प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ। । तर ठूलो वर्षा तथा एउटा महत्त्वपूर्ण पुल भत्किएका कारण उद्धारकार्य प्रभावित भएको बताइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत घोषणा गरेका छन्।