काठमाडौँ — ललितपुरको गोदावरी नगरपालिका–९ छेडामा व्यवसायी मनोज बानियाँमाथि खुकुरी प्रहार गरेको मुद्दा चलाइएका तीन जना नख्खु कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको सोमबार बसेको एकल इजलासले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
कारागार चलान हुनेमा ललितपुरको भैसेपाटीका बाबा भनिने राजेश केसी, धराने भनिने विभाग गुरुङ र दीपक बान्तवा राई छन् । पक्राउ परेका ललितपुरका सुरेन्द्र महर्जन र आलिंकन लामिछाने भने जनही ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
प्रतिवादी बनाएका प्रवीण महत, सुजन श्रेष्ठ र सोप्निल भण्डारी भने फरार छन् ।