मधेश आन्दोलनका बेला लगाइएका मुद्दा खारेज गर्न माग

काठमाडौँ — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदनमा मधेश आन्दोलनका  आन्दोलनकारीहरूमाथि लगाइएका मुद्दाहरू नेपाल सरकारसँग भएका सम्झौताअनुसार तुरुन्त खारेज गर्न माग गरेका छन् ।

काठमाडौंमा साउन २७, २८, २९ र ३० मा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदन शनिबार सार्वजकि गर्दै यादवले आन्दोलनका क्रममा बन्दी बनाइएका व्यक्तिलाई रिहा गर्न माग गरेका छन् । ‘मधेश आन्दोलनका क्रममा लगाइएका मुद्दा सरकारले तुरून्त खारेज गर्नुपर्दछ र बन्दी बनाइएकाहरूको रिहाइका साथै रोक्का गरिएका जग्गा, धन–सम्पत्तिलाई फुकुवा गरिनुपर्दछ’ यादवले भने ।