विभिन्न ८ वटा सहकारीमा आबद्ध ‘सिते बा’ भनिने मधुसुदन पाठकसँग सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बयान लिएको छ ।
ज्येष्ट वचत तथा ऋण सहकारी संस्थाका सचिव पाठक ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध छन् । बैठकमा उनले समितिले सोधेका विषयहरुमा जवाफ पेस गरेको बताइएको छ । सिते बा कलाकार समेत हुन् । यस्तै २०७९ मा उनले काठमाडौँ ५ बाट प्रतिनिधिसभा निर्वाचन लडेका थिए ।
समितिले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ । आजै अन्य तीन जनालाई पनि समितिले बोलाएर बयान लिएको थियो ।
































