सिन्धुलीमा २२ वर्षीया महिलाको मृत्यु

४ भदौ। सिन्धुलीको मरिण गाउँपालिका-१ टुँटिखेल बस्‍ने २२ वर्षीया महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

जंगलमा गोठालो जाने क्रममा भीरबाट लडेर ३० मिटर तल झरे को अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल कुमार खड्काले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।