सूर्यविनायक नगरपालिकाले बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

भक्तपुर : सूर्यविनायक नगरपालिकाले भोलि (बिहीवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सूर्यविनायक–८ स्थित डोलेश्वर महादेव मन्दिरलाई विसं २०६६ भदौ ६ मा केदारनाथको शिर भनी घोषणा भएको दिनको अवसरमा नगरपालिकाले बिदा दिने निर्णय गरेको हो।

स्थानीयले उक्त दिनलाई पर्वका रुपमा मनाउँदै आएका छन्। अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।