इनरुवा । इनरुवाको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ ।































