हास्य कलाकार मनोज गजुरेलको गाईजात्रा

 काठमाडौँ- हास्य कलाकार तथा कमेडियन मनोज गजुरेलको ‘८१ को गाइजात्रा पीडा’ युट्युबमा सार्वजनिक भएको छ।

भिडियो २ दिन अगाडि गजुरेल नाम युट्युबमा सार्वजनिक भएको हो। गजुरेलले उक्त गाइजात्रा भिडियोमा माग्ने भेषमा प्रस्तुती दिएका छन्।   

भारतबाट तरकारी आयात हुँदा उनको पेसा जोखिममा परेको, बालकुमारीमा भएको घटना, नक्कली भुटानी सरणार्थी प्रकरण लगायतका घटनालाई भिडियोमा देखाइएको छ।

गाईजात्रा हेर्न सभामुख देवराज घिमिरे, रक्षामन्त्री मानवीर राइ, एमाले नेता गोकर्ण विष्ट लगायतका नेताहरू पनि गएका छन्। त्यसगरी विभिन्न हास्य कलाकारहरू पनि छन्।  मनोजको प्रस्तुतीमा मोडेल रीमा विश्वकर्माले सहजिकरण गरेकी छन्।