आइतबार राति भालुको आक्रमणमा परी पाँच वटा भेडा मरेका छन्

जिल्लाको कनकासुन्दरी गाउँपालिका–७ स्थित हलगाडेमा आइतबार राति भालुको आक्रमणमा परी पाँच वटा भेडा मरेका छन् ।

भेडापालक  किसान  गोबी कार्कीका अनुसार पाटनमा दिन भर चराएर ल्याएका भेडा भेडी खर्कमा बास बसाल्ने समयमा भालुको आक्रमण बाट मारेको हो ।

भालुको आक्रमणबाट आकाशी कार्कीका दुई वटा, गोबी कार्कीका तीन वटा भेडा मरेको भेडापालक किसान कार्कीले जानकारी दिनुभयो ।