सुनसरीको दुहवीमा छाला उद्योगविरुद्ध स्थानीय आन्दोलित बनेका छन्। दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने दुर्गन्धले स्थानीयबासीलाई असर गरेको भन्दै आन्दोलित बनेका हुन्।
फोहोर, दुर्गन्ध र प्रदूषणले आजित भएको भन्दै सरोकारवाला निकायमा ध्यानाकर्षण गराउँदा समेत वास्ता नगरेको भन्दै उद्योग बन्द गर्ने चेतावनीसहित दुहवीमा छाला उद्योग विरुद्ध स्थानीय आन्दोलित बनेको स्थानीय चन्दन रौनियारले जानकारी दिनुभयो।
स्थनीयले गाउँघरमा छाला उधोग चलाउन पाउदैन भन्दै छाला उद्योग विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिँदै नाराबाजी गरेका छन्। स्थानीयले नाराबाजीसहित उद्योग छेउमा पत्रकार सम्मेलन गर्दै सरोकारवाला निकायले वेवास्ता गरेकोले २४ घण्टा भित्र उद्योग बन्द गर्नुपर्ने र नगराए तालाबन्दी गर्ने चेतावनी दिएका छन्।
उता दुहबी नगरपालिकाको न्यायिक समिति संयोजक मेनुका पोखरेल खतिवडाले फोहोर , दुर्गन्ध भएको गुनासोलाई सम्बोधन गर्ने प्रयास स्वरुप सम्बन्धित निकायमा आफूले कारबाहप्ी सिफारिस गरेको बताउनुभयो।































