भ्रष्टाचार मुद्दामा पूर्वसचिव भीम उपाध्यायले सफाइ पाएका छन्

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भीम उपाध्यायले सफाइ पाएका छन् । विशेष अदालतले पूर्वसचिव उपाध्यायलाई सोमबार सफाइ दिने फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायणसिंह राई र  मुरारी बाबु श्रेष्ठको इजलासले सफाइ दिने फैसला सुनाएको हो ।  विशेषले केहीको हकमा भने दोषी ठहर गर्ने फैसला सुनाएको छ ।