पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित प्रतिनिधिसभाका पूर्वसदस्य डा ढाकाकुमार श्रेष्ठ प्रतिबन्धित औषधि बेचेको आरोपमा पक्राउ परेका छन् ।

ट्रामाडोल नामको प्रतिबन्धित औषधि कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो ।

श्रेष्ठको पोखरा पृथ्वीचोकस्थित दिया फार्मेसीले प्रतिबन्धित लागुऔषध बेच्ने गरेको एक जना युवकको बयानअनुसार उनलाई प्रहरीले पक्राउ गरेको हो ।