काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकमा ढलमा मोटरसाइकल खसेको छ । ढलमा खसेको मोटरसाइकल र चालकलाई बाढीले बगाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए ।
उनले मोटरसाइकल र त्यसमा सवारको खोजीकार्य भइरहेपनि हालसम्म भेट्न सकिएको छैन ।
उनले मोटरसाइकलको नम्बर नखुलेको र त्यसमा चालक मात्रै थिए या पछाडि अरु कोही सवार थिए भन्नेबारे नखुलेको बताए ।
अविरल वर्षाका कारण ढलमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा समस्या भएको बताइएको छ ।
































