काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ।
बैंककाअनुसार यसअन्तर्गत इच्छुक ग्राहकहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन्। बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन्। यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन्।
यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु.५ लाख देखि अधिकतम रु. २५ लाखसम्म तोकिएको छ। बैंकले यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्ने बताएको छ।
































