काठमाडौँ- सरकारले प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएलगत्तै सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विपद्मा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो।
त्यस्तै बैठकले तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
विस्थापितहरूलाई स्थानीय तहको समन्वयमा पुनःस्थापनाको व्यवस्था मिलाउनुका साथै घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।
































