काठमाडौँ चर्को सार्वजनिक विरोधपछि आन्तरिक वायुसेवा प्रदायकले तीन दिनका लागि नियमित दरमै हवाई टिकट बिक्री गर्ने भएका छन्।
शुक्रबार र शनिबारकोभीषण वर्षपछि देशभरका प्रमुख सडक अवरुद्ध हुँदा लामो दुरीका लागि हवाई यात्रा एक मात्र विकल्प बनेको थियो ।
हावाई सेवा प्रदायकले यसको फाइदा उठाउँदै आइतबार बिहानदेखि नै नियमित दरभन्दा ५० प्रतिशतसम्म बढीमा टिकट बेचेका थिए।
विपतको समयमा पनि चर्को दरमा टिकट बेचेपछि आइतबार सार्वजनिक रुपमा आलोचना बढेको थियो।
































