काठमाडौं, २० असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् अध्यक्ष ऋषि धमला बेष्ट जर्नालिष्ट अवार्डबाट सम्मानित भएका छन् । आज काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमकाबीच पत्रकार धमला एचिभर्स अवाडर्स २०२४ को बेष्ट जर्नालिष्ट अवार्ड विद्यामा सम्मानित भएका हुन् ।
सक्सेस मिडिया तथा यात्रा प्लसले प्रदान गरेको उक्त अवार्डपछि पत्रकार धमलाले आफूलाई पत्रकारिताको माध्यमबाट देश र जनताप्रति निर्वाह गर्नुपर्ने भूमिकामा थप जिम्मेवारी प्राप्त भएको प्रतिक्रिया दिए । उनले आफूले सुरुवातदेखि नै निश्पक्ष र निर्भिक पत्रकारिता गरेको पनि स्मरण गराए । उनले आफू देशमा सुशासन कायम गर्न र भ्रष्टाचार निर्मुल पार्न अभियान नै छेडेर लागिपरेको पनि सुनाए ।
































