काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन्।
उनले केयुकेएलले दुई दिन बिराएर पानी वितरण गर्ने भने पनि अहिले मानिसहरुको चाप कम रहेकाले एक दिन बिराएरै पानी वितरण गर्न आग्रह गरेको बताए।
उनले वर्षातका कारण खानेपानीमा पुग्ने क्षतिलाई मध्यनजर गरेर पानी वितरणमा रोक लगाइए पनि आजबाट उपत्यकावासीका घरघरमा मेलम्चीको पानी आएको बताए। उनले तत्काल मेलम्चीबाट १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौँ उपत्यकामा आउने बताए।
पानी ल्याउन धेरै चुनौती र कठिनाइ व्यहोर्नुपरेको भन्दै स्थानीयहरुको माग दसैँपछि सिंहदरबारमा बोलाएर संवादबाट पूरा गर्न सरकार तयार रहेको बताए।
मन्त्री यादवसँग स्थानीयवासीले तीन महिनाभित्र मागहरु सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। मन्त्री यादवले हेलम्बु र मेलम्चीवासीले आन्दोन गर्नुपर्ने स्थिति आउन नदिने बताए।































