एनसेलले नयाँ प्रिपेड सेवा ‘सधैं अन रिन्युअल प्याक’ सञ्चालनमा

काठमाडौँ — एनसेलले नयाँ प्रिपेड सेवा ‘सधैं अन रिन्युअल प्याक’ सञ्चालनमा ल्याएको छ । सधैं अन रिन्युअल प्याकमार्फत ग्राहकहरूले महिनाभरका लागि आफ्नो बजेटअनुसार विभिन्न अनलिमिटेड सेवा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाली ग्राहकहरूलाई तुलनात्मक रूपमा महँगो पर्ने ‘पे एज यु गो’ र बारम्बार लिनुपर्ने स–साना प्याकप्रतिको निर्भरता हटाएर सँधै अन अर्थात कनेक्टेड रहन सक्षम बनाउने उदेश्यले रिन्युअल प्याक सार्वजनिक गरिएको विज्ञप्तीमा उल्लेख छ । यी प्याकहरूको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम, र एसएमएस खेर नजाने रहेको छ । त्यस्ता सेवा, सुविधाहरू अर्को महिनाका सेवा, सुविधामा थप हुन्छन् ।

हरेक ३० दिनमा नविकरण हुने यी प्याकहरूमा ग्राहकले पुरै एक महिनाको समयसीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्ने कम्पनीको दाबी छ । यसमा साधारण सँधै अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढिको समयावधि रहेको छ । यी प्याकहरूमा युट्युबमा अनलिमिटेड भिडियो स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्री डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा रहेको छ । केही प्याकमा ग्राहकहरूले महिनाभर जति पनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउनेछन् ।एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनका अनुसार कार्यलयदेखि व्यक्तिगत कार्यहरू, शिक्षा, मनोरञ्जन र सोसल मिडियामा अन्तरक्रियालगायतका लागि सहज कनेक्टिभिटी अत्यन्त आवश्यक छ । ‘सँधै अन रिन्युअल प्याकहरू उच्च गतिको इन्टरनेट र निरन्तर सेवाको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको छ,’ उनले भने, ‘यसले गर्दा ग्राहकहरूलाई कुनै पनि अवरोध बिना कनेक्टेड रहन सहयोग गर्दछ ।’