काठमाडौँ : भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा फर्कन नचाहने नेपाली विद्यार्थीले त्रिभुवन विश्वविद्यालय (टियू) मै अध्ययन गर्न पाउने भएका छन्।
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युसँगै नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारपछि त्यहाँ अध्ययनरत नेपाली विध्यार्थीहरुमध्ये केही नेपाल फर्किएका छन्। नेपाल फर्किएका विद्यार्थीको सङ्ख्या कति छ कतै एकिन तथ्याङ्क छैन।
‘भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना गर्न सकिने ब्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
































