बुधबारदेखि काठमाडौंको भृकुटी मण्डपमा नाइमा मोबिलिटी एक्स्पो २०२५ सुरु भएको छ। यो नेपालको सवारी बिक्रेता र खरिदकर्ताको महाकुम्भ हो।
नाइमा अटो शोमा ५० वटा सवारी ब्रान्ड एकै छानामुनि रहेका छन्। उपभोक्तालाई पनि सवारी छनोट गर्न धेरै शोरुम चहार्नुपर्ने झमेलाबाट यस मेलाले मुक्त गरेको छ। एउटै छानामुनि रोजे–खोजेजस्तो सवारी साधनको सम्पूर्ण जानकारी बुझेर किन्ने मौकाका रुपमा उपभोक्ताले उपयोग गर्ने गर्छन्।
नाइमा एक्स्पो नेपालको प्रमुख चाडपर्व अघि सुरु भएको छ। चाडपर्वमा मिठो मसिनो खाने चलन रहेको छ। तर पछिल्लो समय यो ट्रेड बदलिँदो छ। महँगा र आकर्षक वस्तु किन्ने परिपाटी विकशित भइरहेको छ।
चाडपर्वका लागि भनेर नाइमा कम्पनीहरूले विभिन्न अफरहरू ल्याएका छन्। कम्पनीहरूले एक्स्पोबाट सुरु गरेर दसैँ तिहारसम्मका यस्ता अफरहरू ल्याउने गर्छन्। यस अवधिमा खरिद गर्दा उपभोक्तालाई तुलनात्मक रूपमा लाभ हुन्छ।
हाल चलिरहेको नाइमा एक्स्पोमा पनि कम्पनीहरुको अफर तथा नयाँ सवारी साधन बुझ्न आउने उपभोक्ताको संख्या उल्लेखनीय छ।
बुधबारको तुलनामा बिहीबार अवलोकनकर्ताको संख्या अधिक रहेको आयोजक समितिका संयोजक शिरीष मुरारका बताउँछन्।
बुधबार नाइमा १५ हजारले अवलोकन गरेका थिए।
नाइमा उपभोक्तालाई आकर्षित गर्न कम्पनीहरूले ५ देखि २० लाख रुपैयाँसम्म नगद छुट दिइरहेका छन्।
यो संख्या आगामी दिनमा अझै बढ्ने उनले विश्वास व्यक्त गरे। पाँच दिनसम्म चल्ने नाइमा एक्स्पोमा करिब ८० लाखले अवलोकन गर्ने आयोजनको विश्वास छ।
































