भक्तपुरमा १२ वर्षमा एकपटक मनाइने चण्डेश्वरी अजिमा जात्रा मनाइएको छ । लिच्छविकालीन जात्राको रूपमा मनाउदै आइएको जात्रा प्रत्येक १२ वर्षमा एक पटक गाईजात्राको भोलिपल्ट मनाउने परम्पराअनुसार आज मनाइएको हो ।
यसअघि वि.सं २०४२, २०५२, २०६२ र २०७२ देखि जात्रा मनाइने गरेको स्थानीय बुद्धकृष्ण कर्माचार्यले जानकारी दिए । २०४२ भन्दा अगाडि १२ वर्षे जात्रा ३० वर्षसम्म सञ्चालन हुन नसकी रोकिएकामा निलबाराही धान नपाक्ने समस्या आएपछि जात्रा पुनः सुरु भएको इतिहास रहेको प्रा.डा. श्रेष्ठले बताए ।
यस वर्ष पनि जात्रा मनाउने विशेष पूजा गरी जात्रा मनाइएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष सानुलाल त्वानाबासुले जानकारी दिए । शक्तिकी देवीको रूपमा मानिदै चाँपको काठबाट बनेको चासुः अजिमालाई खटमा राखि विधिपूर्वक खटलाई भक्तपुर नगरपरिक्रमा गराइएको उनले बताए ।
































