प्रहरीका ९ जना एसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । आईजीपी दिपक थापाले मंगलबार एसपीहरुको सरुवा तथा काज गरेका हुन् ।

ऋषिराम कँडेललाई नेपाल प्रहरी विशेष कार्यदलमा पठाइएको छ । तनहुँमा टेकबहादुर कार्की क्षेत्री र धादिङमा धेषराज रिजाललाई सरुवा गरिएको छ ।

राजन चापागाईंलाई उदयपुर, सरोज पौडेललाई बर्दिया र उदयपुरमा कार्यरत हरिहरनाथ योगीलाई प्रहरी प्रधान कार्यालयको जनसम्पर्क शाखामा सरुवा गरिएको छ ।

पदम बहादुर विष्टलाई सामाखुसी स्थित पहरा गणमा सरुवा गरिएको छ ।