बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट प्रहरीले पिक अप जिपसहित १ करोड ७१ लाख मूल्यको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारबाट लु २ च ६३०३ नम्बरको जिपमा भन्सार छलि गरि ल्याएकाे सामग्री बरामद गरिएको हो ।
ईलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी विट महिलवारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको १ करोड ७१ लाख २५ हजार मूल्य पर्ने सामग्री बरामद गरेको हो । जिप चालक मायादेवी गाउँपालिका ४ बस्ने ३० वर्षीय नारायण अग्रहरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले जिपबाट विभिन्न कम्पनीका २७ कार्टुन फ्लेवर, ग्रयाप आईस इलेक्ट्रिक भेप १ हजार ५८० थान, विभिन्न कम्पनीका ४ हजार ३८१ थान ईलेक्ट्रिक भेप, ईलेक्ट्रिक मिक्सर १ थान, प्लास्टिक प्याक गर्ने मेशिन एक थान र १५ केजी र्यापिङ प्लास्टिक बरामद गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले बताए ।
































