काठमाडौँको गौरीघाटमा बाढी

लगातारको वर्षाका कारण काठमाडौंस्थित गौरीघाट जलमापन केन्द्रमा बागमतीको बाढीले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबार राति ९:४३ बजे दिएको जानकारीअनुसार जलसतह अझै बढ्दो क्रममा रहेको छ।

विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। पानीको बहाव बढ्दा डुबानको जोखिम रहन सक्ने भएकाले जोखिमयुक्त स्थानहरूमा नबस्न र सुरक्षित स्थानमा सर्न सचेत गराइएको छ।