काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङको समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेर उनको समूहले दिएको जाहेरी लिन प्रहरीले अस्वीकार गरेको छ ।
जेनजी समूहले प्रहरी परिसरमा बसेर जाहेरी दर्ता गर्न दबाब दिएसँगै काठमाडौँमा प्रहरीलाई ‘हाइ अलर्ट’मा राखिएको छ । काठमाडौँका संवेदनशील ठाउँमा अहिले ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । ती अधिकृतले भने– ‘प्रहरी कर्मचारीलाई एकत्रित गरेर तैनाथ गरिएको छ ।’
































