अब निगमको जहाज डाइभर्ट हुँदा भारत नलाने, भैरहवामा अवतरण गर्ने

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अबदेखि आफ्ना जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने अवस्था आएमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गर्ने भएको छ।

अहिलेसम्म भारतका विभिन्न विमानस्थलमा डाइभर्ट गर्ने प्रचलन तोड्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) लाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने जनाएको छ।

निगमको सोमबार बसेको बोर्ड बैठकले मंसिर ३ देखि लागू हुने गरी भैरहवालाई आधिकारिक रूपमा डाइभर्ट गन्तव्य बनाउने निर्णय गरेको हो।

निगमका अनुसार यस कदमले आपतकालीन अवस्थामा आइपर्ने अतिरिक्त खर्चमा उल्लेखनीय कमी आउने छ । उडान समय पनि बचत हुने निगमका प्रवक्ता अनिल घिमिरेले बताए ।

घिमिरेका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत वैकल्पिक विमानस्थलको रूपमा प्रयोग गर्न आवश्यक अध्ययन प्रक्रिया सुरू गर्ने निर्णय पनि बैठकले गरेको छ।

 

निगमले पनि आफ्ना जहाज भारततर्फ डाइभर्ट गर्ने गरेको थियो। तर अब नयाँ निर्णयसँगै आपतकालीन अवस्थामा त्रिभुवन विमानस्थलमा बस्न नसक्ने उडानहरू भैरहवा र त्यसपछि पोखरा विमानस्थल पनि वैकल्पिक रुपमा प्रयोग हुने भएका छन्।