जोरपाटीमा फाइट गर्ने ३ जना पक्राउ

काठमाडौँको जोरपाटीमा ग्याङ फाइट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार राति जन्मदिन मनाएर फर्किँदै गर्दा चामुण्डा गेटमा ग्याङ फाइट गरेर भाग्दै गरेका दुई जनालाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अर्का एक जनालाई बुधवार पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

पक्राउ पर्नेमा खगेन्द्र मल्ल, माधव तामाङ र अर्का एक जना छन् । फरक समूहका किशोरहरूलाई कुट्नेहरू विरुद्ध प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।