काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालका दुई मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गर्ने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो। यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन्।
जसपाका अर्का नेता नवल किशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री दिने बताएको छ।