काठमाडौं । महानायक राजेश हमालले पूर्व प्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् ।
नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल ९निफ० को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने अन्तरक्रिया मध्य एउटा सेसनमा दिग्गज नेता र अभिनेता संवाद गर्ने भएका हुन् ।
सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटन दोस्रो दिन सुरु भएर १ बजे सकिने आयोजकले जनाएको छ ।
चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआइको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराएका छन् ।
महोत्सवमा प्रकाश सुवेदीले निर्देशक हराएको सूचना शीर्षकमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीसँग संवाद गर्ने छन्। नम्रता शर्माले चलचित्रमा लैङिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा, गायिका आनी छोइङ डोल्मा आदिसँग कुरा गर्नेछिन् । बिहीबार सुरु भएर सोमबार समापन हुने महोत्सवमा दुवै छलफलका कार्यक्रम आइतबार पर्यटनको बोर्डको हलमा हुनेछन् ।
शुक्रबार भने चलचित्र पत्रकार रघुनाथ सापकोटाले सिनेमाका नयाँ बजार र अवसरहरु शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङसँग छलफल चलाउनेछन् ।
महोत्सवको उद्घाटन सुन्धारास्थित सिभिल मलमा हुनेछ ।