काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज पनि बहस हुँदैछ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी बहस हिजो नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
२०७९ साल कात्तिक १४ गते पीडित भनिएकी किशोरीले सन्दीपले आफूमाथि बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।