काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ।
सरकारको समीक्षा गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ। अधिकांश केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
बैठकमा नेताहरूले केही मन्त्रीहरूले प्रचार मात्रै गरेको तर जनहितमा काम नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् । बिहीवारदेखि केन्द्रीय समिति बैठक शुरु भएको हो ।