ज्योतीले लिइन् क्रिकेटबाट सन्यास

काठमाडौं । नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास लिएकी छन् ।

प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता फाइनल खेल खेलेसंगै एपीएफमा आवद्ध पाण्डेले सन्यास लिएकी हुन् । उनलाई उपाधि जितेपछि टियु क्रिकेट मैदानमा एपीएफको टोलीले सम्मान दिएको थियो ।