भारतीय विदेशमन्त्री जयशंकर आज काठमाडौं आउँदै

काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर अ‍ाज काठमाडौं आउँदै छन् ।

संयुक्त आयोगको बैठक बिहीबार नै सुरु हुने छ । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी काठमाडौं आउन लागेका हुन् ।

अ‍ाजबाट हुने भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने भएको छ ।

जयशंकरको नेपाल भ्रमणका दौरान दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा अन्तिम हस्ताक्षर हुने भएको छ ।