नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ । फिल्म ‘ह्रस्व दीर्घ’ ले ९ दिनमा ६ करोड ६९ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ।
शनिबारसम्म उक्त कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको हो ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । कात्तिक ३० गते रिलिज फिल्म दोस्रो सातामा प्रदर्शनरत छ।