काठमाडौं । ईपीएस परीक्षा दिन नपाउँदा युवाले गरेको प्रदर्शन झन उग्र बनेपछि प्रहरीले गोली चलाएको छ ।
रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन दिन नपाएपछि प्रहरीले हवाई फायर गरेको हो । गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ईपीएस कोरिया शाखाले सिपबिल्डिङ परीक्षामा अनुत्तीर्णले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपीएस शाखाले जनाएको थियो । शाखाले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भएको हो ।