एजेन्सी । उत्तर कोरियाले छिट्टै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ ।
समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार उत्तर कोरियाले यस्तो जानकारी जापानलाई दिएको छ । यसको पुष्टि गर्दै जापान कोस्ट गार्डले उत्तर कोरियाले मे २८ देखि जुन ४ सम्ममा भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ । तर, उत्तरले प्रक्षेपणको मिति भने दिएको छैन ।
उत्तर कोरियाले जापानलाई उपग्रह प्रक्षेपणको बारेमा जानकारी दिएको समाचार एजेन्सीमा उल्लेख छ ।जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिका, दक्षिण कोरिया र अन्य देशलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् ।
दक्षिण कोरियाको सेनाले पनि उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त गरेको पुष्टि गरेको छ ।