अमेरिकी अर्बपति तथा लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवेको १.१५ अर्ब अमेरिकी डलरभन्दा बढीको स्टक ४ फाउन्डेसनलाई दान गर्ने निर्णय गरेका छन् ।
यससँगै उनले आफ्नो सम्पत्ति बाँडफाँडको योजना पनि बाँडेका छन् । लगानीकर्तालाई दिइएको जानकारी अनुसार ९४ वर्षीय बफेटले १६०० बर्कशायर ह्याथवे क्लास ए सेयरलाई २४ लाख क्लास बी सेयरमा परिणत गरेका छन् । आफ्नी पहिलो श्रीमतीको नाममा सुरु भएको सुसान थम्पसन बफेट फाउन्डेसनलाई १५ मिलियन डलर बराबर शेयर दान दिए ।
सन २००६ देखि बफेटले आफ्नो सम्पत्ति दान गर्ने निर्णय गरेका थिए। वारेन बफेटले आफ्नो सम्पत्तिको व्यवस्थापन र बाँडफाँडका लागि आफ्ना छोराछोरीलाई विश्वास गरेको उनले भनेका छन् ।