बालकुमारीमा आन्दोलनकारीले जलाए मन्त्रीको गाडी

ललितपुर । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी भएको छ ।

रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएका हुन् ।

मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् ।

ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन गरेका हुन् ।