काठमाडौं । ईपीएस परीक्षा दिन नपाउँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ।
रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै युवाहरुले उक्त गाडीमा आगजनी गरेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।
प्रवक्ता कडायतका अनुसार मन्त्रीको गाडीमा आगजानी गर्ने आन्दोलनकारी पाँच जना पक्राउ परेका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकाहरुले ईपीएस कोरिया शाखाले लिने परीक्षामा सामेल हुन नपाउने सूचना जारी भएको थियो ।