काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै नियुक्ति वदर हुन पर्ने माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको भन्दै नियुक्ति बदरको माग राखी सर्वोच्चमा बिहीबार रिट दर्ता गराएका थिए । सोही रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।