काठमाडौं। घरेलु श्रमिकहरूको हक र मर्यादा कायम राख्न नेपालले आइएलओ महासन्धि १८९ अनुमोदन गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन्। काठमाडौंमा एक कार्यक्रम गर्दै घरेलु श्रमिकको हकअधिकारका विषयमा आवाज उठाउँदै आएको आम्कास नेपाल सरकारले घरेलु श्रमिकको संरक्षणका लागि तत्काल काम गर्नुपर्नेमा जोड दिएको हो।
महासन्धि १८९ अनुमोदन भयो भने घरेलु श्रमिकका सबै किसिमका हकअधिकार सुनिश्चित हुने आम्कासकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले बताइन्।आइएलओको एक अध्ययनले घरेलु कामदारको रुपमा विश्वभर ८० प्रतिशत महिला रहेको देखाएको छ। घरेलु श्रमिकमा नेपालले लगाउँदै आएको प्रतिबन्धले लैंगिक भेदभाव समेत बढाएको श्रेष्ठले बताइन्।
सरकारले प्रतिबन्ध लगाउँदा पनि घरेलु काममा अवैधबाटो हुँदै वैदेशिक रोजगारमा जान रोकिएको छैन। सरकारको प्रतिबन्धले महिला यौन शोषण तथा बेचबिखनमा पर्ने समस्या बढेको उनकोमा श्रेष्ठको चिन्ता थियो।