काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो काम हेर्न केही दिन धैर्य गर्न आग्रह गरेका छन्। मन्त्री भएको पर्सिपल्ट सामाजिक सञ्जालमा उनले आफू केही समय आन्तरिक तयारीमा रहेको जानकारी गराए।
गृहमन्त्री लामिछानेले फेसबुकमा लेखेका छन्। शिवरात्रि, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिँदै उनले आफू योजनासहित पदमा फर्केको दाबी गरेका छन्। “चेक लिस्ट“ सहित आएका छौँ। ुकम्प्रोमाइजु हुन्न। केही समय “होम वर्क“ मा रहनेछौँ।’