संसद् भवनमा कार्यरत प्रहरीले आफैंमाथि गोली हानेर गरे आत्महत्या

काठमाडौं। काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् ।

आफैँले गोली हानी आत्महत्या गरेको काठमाडौं प्रहरी अधिकारीले जानकारी दिए । प्रहरीको कार्यदलबाट खटिएका उनले आफैँमाथि गोली हानेको बताइएको छ । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेको संसद सचिवालयले जनाएको छ।